Monday, March 8

Breaking: नेपालका सबै जिल्लमा फैलियो कोरोना, आज एकैचोटी थप ५५४ जनामा कोरोना पुष्टि

June 27, 2020 242

१३ असार २०७७, शनिबार काठमान्डौ ,नेपालमा आज थप ५५४ जनामा कोरोना पुष्टि भएको स्वाथ्य मन्त्रालयले बताएको छ । स्वास्थ्य मन्त्रालयका प्रबक्ता प्रा. डा जागेश्वर गौतमले दिएको जानकारी अनुसार आज नेपालमा थप ५५४ जनामा कोरोना पुष्टि भएको बताएका हुन् । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १२३०९ पुगेको छ ।स्वास्थ्य मत्रलयका अनुसार नेपालका सबै ७७ जिल्लामा कोरोना फैलिएको छ । आज रसुवाका ९ जनामा कोरोना संक्रमण पुष्टि भए संगै नेपालका सबै जिल्लामा कोरोना फैलिएको हो ।

रसुवाका संक्रमितमा ८ महिला र एक पुरुष रहेका छन् ।यसअघि रसुवाबाहेक ७६ जिल्लामा मात्र कोरोना पुष्टि भएको थियो । शनिबार रसुवामासमेत कोरोना पोजिटिभ पुष्टि भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १८ महिला र ११८ पुरुष गरेर १३६ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म कोरोना जित्नेको संख्या २८ सय ४३ पुगेको छ ।

प्रतिकृया दिनुहोस्