Tuesday, November 24

कञ्चनपुर : को रोना सं क्रमितहरू रोपाइँमा मस्त !

June 27, 2020 254

कञ्चनपुर, १३ असार । कञ्चनपुरमा कोरोना संक्रमित रोपाइँ गरिरहेका छन् । शुक्रबार को रोना पुष्टि भएका जिल्लाको कृष्णपुर नगरपालिका- ३ का पाँचजना को रोना सं क्रमित रोपाइँ गरिरहेकाे भेटिएका हुन् ।

उनीहरुमध्ये दुईजना जेठ १८ गते भारतकाे सुरतबाट र तीनजना १९ गते बैंग्लोरबाट आएका थिए । भारतबाट आएका उनीहरुलाई कृष्णपुर नगरपालिका–३ स्थित नन्द माध्यमिक विद्यालयको क्वारेन्टाइनमा २२ दिन राखिएको थियो । त्यहाँबाट रिपोर्ट नआउँदै घर पठाइएको थियो ।

वडानम्बर ३ का वडा अध्यक्ष सुन्दर चौधरीले घर पठाएको चार दिनपछि पाँचजनामा सं क्रमण पुष्टि भएको बताए । उनले सं त्रमितलाई फेरि घरबाट ल्याएर क्वारेन्टाइनमा राख्ने तयारी भएको बताए ।

कृष्णपुर नगरपालिकाका आरडीटी पोजेटिभ देखिएका दुई सय ५३ जनामध्ये एक सय ३६ जनालाई घर पठाइएको थियो। नेपाली कांग्रेसका महासमिति सदस्य हेमराज ओझाले नगरपालिकाले आरडीटी पोजेटिभ आएकाहरुलाई पनि घर पठाउन वडालाई निर्देशन दिइएपछि अहिले गाउँमा भयावह वातावरण सृजना भएको बताए । सांकेतिक तस्बिर

यो पनि समाचार पढ्नुहोस

नेपाली अभिनेत्री नीतु कोइराला भारतमा सञ्चालन भइरहेको ‘मिसेज इन्डिया–२०२०’ को निर्णायक भएकी छन्। मोडल, डान्सर तथा सौन्दर्य व्यवसायीसमेत रहेकी कोइरालाले पिस अफ इन्डियाले आयोजना गरेको प्रतियोगितामा निर्णायक मण्डलमा रहने अन्तर्राष्ट्रिय अवसर प्राप्त गरेकी हुन्।

को रोना म हामारीका कारण अनलाइनबाट सञ्चालित प्रतियोगितामा उनी जुरीका रूपमा निर्णायक मण्डलमा सहभागी भएकी हुन्। कोइराला आयोजक संस्थामा नेपालका तर्फबाट ब्रान्ड एम्बेसडरका रूपमा कार्यरत छिन्।

अभिनेत्री कोइरालाले पिन्क रोजेज इन्टरटेनमेन्टद्वारा सञ्चालित मिस्टर, मिस एन्ड मिसेज इन्डियामा पनि गेस्ट अफ अनरको भूमिका निर्वाह गरिसकेकी छन्।यस्तै हालै भारतका विभिन्न संस्थाले संयुक्त रूपमा आयोजना गरेको ‘कोरोना वारिअर्स अवार्ड’बाट पनि कोइरालाले सम्मान पाएकी थिइन्।

प्रतिकृया दिनुहोस्