Thursday, October 29

थप ५९३ मा कोरोना संक्रमण संख्या ११ हजार ७ सय ५५ पुग्यो

June 26, 2020 234

नेपालमा शुक्रबार ५ सय ९३ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार विगत २४ घन्टामा ६ हजार ५ सय ४२ जनाको परीक्षण गर्दा ५ सय ९३ जनामा कोरोना संक्रमण देखिएको हो ।

आजै ४८ जनाले कोरोना जितेर घर फर्केका छन् । योसँगै नेपालमा कोरोबाट निको हुनेको संख्या २ हजार ६ सय ९८ पुगेको छ ।

आजसम्म २ लाख ६ हजार २ सय ७९ जनामा पीसीआर विधिबाट कोरोना परिक्षण गरिएको छ ।

रसुवा जिल्ला बाहेक सम्पूर्ण जिल्लाहरुमा कोरोना संक्रमण भेटिएको छ भने ज्यान गुमाउनेको संख्या २६ पुगेको छ । वितेको २४ घन्टामा कसैले पनि कोरोनाको कारण ज्यान गुमाउनु परेको छैन ।

प्रतिकृया दिनुहोस्