Tuesday, October 20

आजदेखि भाटभटेनी सुपरमार्केट खुल्ने –

April 17, 2020 830

काठमाडौं । भाटभटेनी सुपरमार्केटले उपत्यकाका विभिन्न ६ स्टोर आजदेखि खुल्ला गर्ने निर्णय गरेको छ । भाटभटेनी सुपमार्केटका चिफ अपरेटिङ अफिसर पानु पौडेलका अनुसार ग्राहकको गुणस्तरीय दैनिक उपभोग्य बस्तु खरिद गर्ने चाहनालाई मध्यनजर गर्दै शुक्रबारदेखि स्टोर खुला गर्ने निर्णय गरिएको छ ।

बिहान १० बजेदेखि बेलुका ७ बजेसम्म राजधानीका कलंकी, महाराजगन्ज, नक्साल, पुरानो भाटभटेनी, भक्तपुर र पुल्चोकको स्टोर खुल्ला रहनेछ । एक पटकमा स्टोरभित्र १० जनालाई मात्रै प्रवेश दिइने र त्यसमा पनि सोसियल डिस्ट्यान्सिङ कायम गरिने बताइएकाे छ ।

प्रतिकृया दिनुहोस्