Friday, October 23

कश्मिरमा सीआरपीएफ टुकडीमाथि आक्रमण, एक जवान र बालक मारिए, गोलीबारी जारी

June 26, 2020 205

श्रीनगर। कश्मिरको बिजबेहडामा शुक्रबार भारतको सेन्ट्रल रिजर्भ पुलिस फोर्स (सीआरपीएफ)को टुकडीमाति आतंकवादी आक्रमण भएको छ । आक्रमणमा एक जना सीआरपीएफ जवान र एक बालकले ज्यान गुमाएका छन् । सुरक्षा बल र आतंकवादीहरुबीच फायरिङ जारी रहेको हिन्दूस्तान टाइम्सले लेखेको छ ।

जम्मु कश्मिरमा सुरक्षा बल र आतंकवादीहरुबीच दिनहुँजसो भिडन्त भइरहेका छन् । यस महिना १५ इन्काउन्टरमा ४६ आतंकवादी मारिएका छन् । शुक्रबार नै पुलावामाको त्रालमा ३ जना आतंकवादी मारिएका थिए । बडगामको नरबल इलाकामा बुधबार सेना र पुलिसको कारवाहीमा लश्कर–ए–तैयबाका ५ सहयोगी पक्राउ परेका छन् ।

प्रतिकृया दिनुहोस्