Thursday, January 21

आज मलेसियाबाट १८ नेपालीको शव ल्याइने

June 26, 2020 217

काठमाडौं । वैदेशीक रोजगारीका क्रममा मलेसियामा ज्यान गुमाएका १८ जना नेपालीको शव ल्याइने भएको छ । कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय उडान बन्द भएपछि रोकिएका शव वैदेशिक रोजगार बोर्ड र नेपाली दूतावासको समन्वयमा शव आज स्वदेश ल्याउन लागिएको हो ।
यसअघि पनि कोरोनाको कारण रोकिएका ११ शव मलेसियाबाट ल्याइएको छ । यस्तै साउदीबाट भोलि शनिबार बिहान नेपाली लिएर आउने जहाजले १६ जनाको शव ल्याउने भएको छ ।

यसरी आइपुगेका शव लकडाउनका कारण आफन्त लिन आउन नपाएमा बोर्ड आफैंले बुझेर घरसम्म निःशुल्क पुर्‍याइदिने गरेको छ ।

प्रतिकृया दिनुहोस्