Tuesday, October 27

मोबाइलको पासवर्ड नदिएपछि श्रीमानको शरिरमा पट्रोल ख’न्याउदै लगाइयो आगो, दुई दिनपछि निधन

June 26, 2020 307

सामाजिक सञ्जाल र प्रविधिले मानिसलाई पनि प्रविधि जस्तै बनाइदिएको छ । माया प्रेम सद्भाव भन्ने कुरा मानिसको मनवाट विस्तारै हराउँदै गएको छ । एक अर्कासंग भावना साटासाट गर्न हिचकिचाउने तर प्रविधिसंग घण्टौ विताउन सक्ने मानिसको स्वभाव बनेको छ । जसका कारण संसारमा कल्पना गर्न नसकिने घटना हुन थालेका छन् । हालै एउटा यस्तै घटना भएको छ । मोवाइल फोनको पासवर्ड नदिएकै कारण एक जना युवाले आफ्नै श्रीमतीको हातवाट ज्यान गुमाउनु परेको छ ।

यो इन्डोनेसियाको घटना हो । उनले आफ्नो मोवाइलमा पासवर्ड राखेका थिए । श्रीमतीले मोवाइलको पासवर्ड माग्दा उनले दिएनन् । तर श्रीमतीले उनलाई मट्टीतेल छर्केर आगो लगाइदिइन् । आगोले ज लेर गम्भिर घाइेत भएका उनको उपचारका क्रममा निधन भएको छ ।

अन्तराष्ट्रिय समाचारमा जनाइए अनुसार पश्चिम नुसा टेङ्गोरा प्रदेशको पूर्वी लम्बोर्क रिजेन्सीमा २६ वर्षीय डेडी पुरनाले मोवाइलको पासवर्ड नदिएकै कारण जिउँदै जल्नु परेको हो । उनले घरको छत मर्मत गरिरहेका थिए । त्यही बेला उनकी श्रीमती इल्हाम चहयानीले उनको मोबाइलको पासवर्ड मागिन् । डेडीले पासवर्ड दिएनन् । पासवर्ड नदिएकै कारण उनीहरुबीच झ गडा सुरु भयो । झगडाकै क्रममा डेडीले इल्हाममाथि झापड पनि हाने ।

श्रीमानले आफुलाई झा पड हानेपछि त्यसको रिस सहन गर्न नसकेर श्रीमान माथि पे ट्रोल छ र्किदिइन् र आगो लगाइदिइन् । स्थानीय सञ्चारमाध्यमले जनाए अनुसार झ गडाका क्रममा नै उनले पेट्रोल छर्केर आगो लगाइदिएकी हुन् । गम्भिर अवस्थामा उनलाई अस्पताल लगियो । अस्पतालमा उपचारका क्रममा घटनाको दुई दिनपछि उनको निधन भयो ।

पूर्वी लम्बोर्क प्रहरीका अनुसार मोबाइलको पासवर्ड डेडीले नदिएपछि उनकी श्रीमतीले पे ट्रोल भरिएको भाँडो श्रीमानमाथि खन्याइन् र आ;गो लगाइन् । उनलाई केरुआक हेल्थ सेन्टर लगियो तर दुई दिनपछि उनको निधन भयो । प्रहरीले उनकी श्रीमती इल्हाम चहयानीलाई हिरासतमा लिइ अनुसन्धान अघि बढाएको छ ।

प्रतिकृया दिनुहोस्