Wednesday, November 25

तिम्ल्याहा सन्तान जन्मिए, बाबुआमामा कोरोना छैन, नवजात शिशुहरुको रिर्पोट पोजेटिभ

June 25, 2020 316

मेक्सिकोमा १७ जुनमा जन्मिएका तिम्ल्याहा (एकैसाथ जन्मिएका तीन बच्चा)मा कोरोना पोजेटिभ देखिएको छ।

उनीहरु जन्मिएको ४ घण्टापछि जाँच गर्दा कोरोना देखिएको थियो।

तर चिकित्सकका अनुसार नवजात शिशुका बाबुआमाको भने कोरोना परिक्षण नेगेटिभ आएको छ।

मेक्सिकोको एक शहरमा एकैसाथ तीन नवजात शिशुको जन्म भएको थियो।

उनीहरुमा दुई बालक र एक बालिका रहेका छन्।

चिकित्सकका अनुसार उनीहरु जन्मिएको ४ घण्टामा परिक्षण गर्दा कोरोना देखिएको हो। ती शिशुहरु ७ महिनामै जन्मिएका थिए।

कोरोना देखिएका तीन शिशुमध्ये एकमा निमोनिया पनि रहेका त्यहाँको स्वास्थ्य सचिवले जानकारी दिएका छन्।

बाबुआमामा कोरोना नदेखिएका कारण नवजात शिशुमा कसरी कोरोना देखियो भन्ने अनुसन्धान भइरहेको उनले बताए।

कोरोना विश्वकै लागि नयाँ रोग भएको हुनाले कसरी सर्छ भन्ने कुरामा वैज्ञानिकहरु अझैसम्म पनि प्रष्ट हुन सकिरहेका छैनन् । दिनहुँजसो चिकित्सकहरुलाई पनि हैरानी पार्ने खालका केशहरु विश्वका विभिन्न ठाउँबाट आइरहेका छन् ।

यो समाचार तयार पार्दासम्म विश्वभर ९५ लाख ७८ हजार ७ सय भन्दा बढी मानिसहरु कोरोना रोगको शिकार भएका छन् जसमध्ये आधाभन्दा बढी अर्थात ५२ लाख १५ हजार ३ सय भन्दा बढी उपचारपछि निको भएर घर फर्किसकेका छन् भने ४ लाख ८६ हार १ सय भन्दा बढी व्यक्तिहरुले यहि रोगको कारण ज्यान गुमाएका छन् ।

प्रतिकृया दिनुहोस्