Friday, October 23

दुखद खबर : केही बेर अघि परेको चट्याङले लियो ८३ जनाको ज्यान , पुरै गाँउ शोकमा

June 25, 2020 262

काठमाडौं- चट्याङ लागेर बिहारमा ८३ जनाको मृत्यु भएको छ । बिहीबार साँझ साढे ६ बजेको समयमा परेको चट्याङ लागेर ८३ जनाको मृत्यु भएको बिबिसीले जनाएको छ ।

बिबिसीका अनुसार चट्याङ लागेर कैयौँ घाइते भएका छन् । बिहारको २३ जिल्लामा चट्याङ पर्दा यति ठूलो सङ्ख्यामा मानवीय क्षति भएको समाचारमा जनाइएको छ ।

सबैभन्दा धेरै गोपालगञ्जमा १३ जनाको ज्यान गएको छ भन् मधुबनी र नबादामा आठ–आठ जनाको ज्यान गएको छ । त्यस्तै उत्तर प्रदेशमा पनि चट्याङ लागेर कम्तीमा नौ जनाको ज्यान गएको समाचारमा जनाइएको छ ।

प्रतिकृया दिनुहोस्