१० असार २०७७, बुधबार मुगु । पहिलो कोरोना संक्रमित युवाको दोश्रो परीक्षण नेगेटिभ आएपछि मुगु कोरोना शून्य जिल्ला बनेको छ ।गत जेठ २२ गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रयोगशालामा गरिएको परीक्षणमा मुगु जिल्ला खत्याड गाँउपालिका वडा नं २ घर भएका २७ वर्षीय युवामा कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमणको पुष्टिसंगै उनी मुगुको पहिलो संक्रमित बनेका थिए ।त्यसपछिका दिनमा मुगुबाट पठाइएका स्वावहरुको परीक्षण गर्दा सवैको रिर्पोट नेगेटिभ आएको थियो ।
जेठ २२ गते देखि गाँउपालिकाको रातापानी आ’ईसोलेसनमा बस्दै आएका उनी र गाँउपालिकाका अन्य क्वा’रेन्टाइनमा बस्दै आएका १५ जनाको स्वा’व बिहीबार परीक्षण गर्दा सबैको रि’र्पोट ने’गेटिभ आएको प्र’तिष्ठानले जानकारी दिएको जिल्ला स्वा’स्थ्य सेवा का’र्यालय मुगुका प्रमुख डाक्टर नि’र्मल नगरकोटीले जानकारी गराउनुभयो ।उहाँका अनुसार बिहीवार मुगु जिल्लाकाबाट पठाएका १ सय २६ स्वावहरु मध्य ७८ वटाको कोरोना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ भने ४८ स्वा’वको रिर्पोट आउन बाँकी छ ।
बिहीवार प्र’तिष्ठानले छायाँनाथ रारा नगरपालिकाका २६ खत्याड गाँउपालिकाका १६ र मुगुम का’र्मारोङ्ग गाँउपालिकाका ८४ मध्य ३६ जनाको स्वा’व परीक्षण गरेको थियो ।मुगु जिल्लाको पहिलो कोरोना संक्रमित युवाको पुनःस्वाव परीक्षणको रिपोर्ट नेगेटिभ आएसंगै मुगुमा संक्रमितको संख्या शून्य भएकाले मुगु जिल्लालाई कोरोना फ्रि जिल्ला बनेको पनि डाक्टर नगरकोटीले बताउनु भयो ।
प्रतिकृया दिनुहोस्