Friday, October 23

प्रेरक भनाईहरु – गलत ज्ञानबाट सावधान रहनु, यो अज्ञानता भन्दा पनि बढी खतरनाक हुन्छ

June 24, 2020 297

प्रेरक भन्नुको अर्थ के हो ? पक्कै पनि प्रेरक भन्नुको अर्थ यस्ता कुराहरु जसले हाम्रो भावना बुझेको प्रतित हुन्छ । यहाँ त्यस्तै १४ भनाइहरु राखिएको छ जसले हाम्रो भावना बुझ्छ । हाम्रो आदर्शका कुराहरु गर्छन् र हामीलाई केहि ज्ञान दिन्छन् ।

तपाईलाई यी १४ महान् भनाईहरु पढ्दा कस्तो लाग्छ ? कृपया कमेन्टमा भन्नुहोला । मन परेमा तपाईले यसलाई सेयर गर्न पनि सक्नु हुन्छ । हामी सकारात्मक सोचमा यस्तै मन छुने तथा जीवन बदल्ने कुराहरु लेखिरहेका हुन्छौँ ।

१. एक सफल व्यक्ति त्यो हो जसले अरुद्वारा फ्याकिएको ढुंगा जोडेर आफ्नो मार्ग तयार गर्दछ ।

२. गलत ज्ञानबाट सावधान रह, यो अज्ञानता भन्दा पनि बढी खतरनाक हुन्छ ।

३. सफलताको निम्ति कडा मेहेनतको विकल्प अर्को छैन ।

४. तिम्रो सफलताको आकार तिम्रो चाहनाको शक्ति, तिम्रो सपनाको आकार र निराशालाई कसरी सम्हाल्न सक्छौ त्यसमा निर्भर रहन्छ ।

५. हरेक दिनलाई तिमीले कति फसल उत्पादन गर्यो भन्ने अधारमा नजोख बरु कति विउ रोप्न सक्यौ त्यसको आधारमा मूल्यांकन गर ।

६. सफलताको निम्ति क्षमता चाहिन्छ तर निरन्तरको सफलताको निम्ति आचरणको आवश्यकता पर्दछ ।

७. नपर्ख ! तिमीले खोजेजस्तो उपयुक्त समय भन्ने नै हुदैन ।

८. यदि तिम्रो व्यवहारले अरुलाई अरु बढी सपना देख्न, अरु बढी सिक्न, अरु बढी गर्न अनि अगी बढ्न प्रेरित गर्दछ भने मात्र तिमि लिडर हौ ।

९. जिन्दगि भनेको आफूले आफूलाई पत्ता लगाउनु होइन बरु आफूले आफूलाई बनाउनु हो ।

१०. अन्धो हुनुभन्दा पनि एकमात्र खराव चिज भनेको आखा भएर पनि सपना नदेख्नु हो ।

११. यदि भोली यो संसार टुक्रा टुक्रा भएर जान्छ भन्ने थाहा हुन्छ भने पनि म आज मेरो स्याउको रुख रोप्न छोडदिन ।

१२. सबै महान उपलब्धिहरुको निम्ति समयको आवश्यकता पर्दछ ।

१३. समस्या नखोज; उपाय खोज ।

१४. सफल हुन मात्र नखोज बरु मुल्यवान हुन सिक ।

नोट : साथै तपाईहरुलाई हाम्रो प्रेरक जानकारी कस्तो लाग्यो ? यदि हाम्रो यो जानकारीले अरुको जीवनमा पनि परिवर्तन ल्याओस भन्ने चाहनुहुन्छ भने यो लेखलाई शेयर गर्दिनुहोला । तपाइको एक शेयरले थाहा नभएका हरुले ज्ञान पाउनेछन् भने हामीलाई पनि सहयोग मिल्नेछ ।

प्रतिकृया दिनुहोस्