Wednesday, January 20

भारतले पनि भारतीय नागरिकसंग विवाह गरेर गएकी नेपाली महिलालाई यी कुरामा लगायो रोक,

June 24, 2020 257

कास्की खबर : भारतको उत्तराखण्ड प्रदेशले भारतीय नागरिकसँग विवाह गरेकी नेपाली बुहारीलाई पञ्चायत चुनावमा उम्मेदवार हुन रोक लगाएको छ।

विदेशी बुहारीले अंगीकृत नागरिकता लिन ७ वर्ष पर्खनुपर्ने नेपालको राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भएपपछि भारतले यस्तो व्यवस्था गरेको हो। त्यहाँको राज्य निर्वाचन आयोगले राज्यभित्र रहेका सबै जिल्लामा पत्राचार गर्दै भोटर लिस्टमा नाम भए पनि भारतीय नागरिकताधारी नेपाली बुहारीमाथि यस्तो रोक लगाएको हो। पञ्चायत चुनावका लागि प्रदेशमा अहिले नाम दर्ता गर्ने प्रक्रिया सुरु भएको छ। यसअघि भारतीयसँग विवाह गरेका नेपाली चेलीले चुनावमा निर्धक्कसँग भाग लिँदै आएका थिए।

निर्वाचन आयोगका सचिव रोशनलालले ‘पञ्चायतीराज एक्टका प्रावधान’बारे जानकारी दिँदै जिल्लाका डिएमहरुलाई भोट लिस्टबाट समेत नेपाली चेलीहरुको नाम हटाउन निर्देशन जारी गरेका छन्। ​भारतीयसँग विवाह गरेकी चेलीहरुले अब भारतीय चुनावमा भाग लिन नपाउनेसँग मतदानसमेत गर्न नपाउने भएका छन्। भारतबाट प्रकाशित हुने विभिन्न समाचार पत्रहरुले नेपालमा माइत भएका महिलाले चुनावमा उम्मदेवार हुन नपाउने संगै मतदान गर्न नपाउने कुरा प्राथमिकताका साथ छापेका छन्।

यो पनि पढ्नुहोश: विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना महामारी दु्रत गतिमा फैलिरहेको भन्दै कोरोनाको नाममा राजनीति नगर्न चेतावनी दिएको छ ।
विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस आदनोम गेब्रेयसस्ले दुबईमा आयोजना गरिएको शिखर सम्मेलनमा सम्बोधन गर्ने क्रममा विश्वका नेताहरुलाई कोरोनाको नाममा राजनीति नगर्न चेतावनी दिएको हो ।

टेड्रोसले विश्वमा कोरोना संक्रमितको संख्या १० लाख पुग्न तीन महिनाको समय लागेकोमा पछिल्लो समय ८ दिनमा नै १० लाख कोरोना संक्रमितहरु फेला परेको भन्दै कोरोनाले अझै पनि महामारीको रुप लिइरहेको बताए ।विश्वका स्थानीय अस्पतालहरुमा हुने गरेको राजनीतिका कारण ब्राजिल, इराक, भारत र दक्षिण तथा पश्चिम अमेरिकाका केही राज्यहरुमा संक्रमण फैलिएको बताउँदै उनले कोरोना महामारीसँगै राजनीति हावी भएका कारण संक्रमण फैलिएको आरोप लगाए ।

प्रतिकृया दिनुहोस्