Wednesday, January 20

चौरजहारी काण्ड- वडाध्यक्षसहित २३ जनालाई थुनामा पठाउन अदालतको आदेश

June 24, 2020 214

रुकुम पश्चिमको चौरजहारी काण्डका २७ प्रतिवादीमध्ये वडाध्यक्षसहित २३ जनालाई अदालतले थुनामा पठाएको छ।

रुकुम पश्चिम जिल्ला अदालतले चौरजहारी नगरपालिका वडा नं ८ का वडाध्यक्ष डम्मरबहादुर मल्ल, केटीका बाबुसहित २३ जनालाई पूर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ।

बुधबार बेलुका अवेर अदालतले केटीकी आमालाई भने १ लाख धरौटीमा छोड्न आदेश दिएको छ।

त्यस्तै इन्द्रबहादुर मल्ल, तुलबहादुर मल्ल र दिपेन्द्र चन्दलाई भने साधारण ताखेरमा छोड्न जिल्ला अदालतले आदेश दिएको छ। घटनाको ठिक एक महिनापछि अदालतले यो आदेश दिएको अधिबक्ता रामचन्द्र गौतमले जानकारी दिए।

असार ५ गतेदेखि सुरु भएको थुनछेक बहस बुधबार सकिएको हो। ५ जना सरकारी वकिल र जाहेरीवालाको तर्फबाट ३ जना वरिष्ठ अधिबक्तासहित २० जनाले बहस गरेका थिए।

यसअघि असार १ गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नं ८ सोती गाउँकी १७ वर्षीया किशोरी र उनका भाईलाई नाबालक भएको हुँदा तत्कालका लागि सुधार गृहमा पठाउन अदालतले आदेश दिएको थियो।

जेठ १० गते जाजरकोटका ५ र रुकुम पश्चिमका १ सहित ६ जनाको ज्यान जानेगरी भएको काण्डमा रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नं‍. ८ सोती गाउँका वडाध्यक्ष डम्मरबहादुर मल्ल, केटी, उनका बाबु आमासहित ३४ जना विरुद्ध ज्यान मार्ने उद्योग, कतव्र्य ज्यान र छुवाछुत विरुद्धको कसुरमा अदालतमा मुद्दा दायर भएको थियो ।

कुल ३४ जना प्रतिवादी मध्य ५ जना फरार रहेका छन् ।जाजरकोटबाट केटी भगाउन भनी गएका भनिएका जाजरकोट जिल्लाका २१ बर्षीय नवराज विकसहित ६ जनाको शव विभिन्न समयमा भेरी नदीमा फेला परेको थियो।

प्रतिकृया दिनुहोस्