June 24, 2020 702
काठमाडौँ । नर्स एलिना गुरुङ् र वरिष्ठ बालरोग विशेषज्ञ डा सन्दिप श्रेष्ठ की १० महिनाकी छोरी सियोना श्रेष्ठ यतिबेला SPINAL MUSCULAR ATROPHY (SME-1) नामक समस्यासँग जुधिरहेकी छिन् । जसका लागि करिब २५ करोड लागत लाग्ने अस्पतालले जनाएको छ । यो समस्यासँग जुधिरहेकी सियोनाको उपचार नेपालमा सम्भव नभएको र अमेरिकामा मात्रै सम्भव भएका कारण तत्कालै पैसाको जोहो गर्नुपर्ने बाध्यता श्रेष्ठ परिवारमा थपिएको छ ।
यस बिरामीको उपचार २ वर्ष भित्र गरिसक्नु पर्ने र १ वर्ष भएपछी शुरू गरिसक्नुपर्ने भएका कारण सियोनाका बाबु सन्दिप र आमा एलिनालाई धपेडी थपिएको छ । सानो रकम भएको भए आफन्त र साथीभाईबाट सम्भव हुने भएता पनि २५ करोड रुपैयाँ तत्कालै जोहो गर्न गाह्रो भएको समयमा अहिलेसम्म ३ करोड रुपैयाँ जम्मा भएको छ ।
प्रतिकृया दिनुहोस्