Tuesday, October 27

अमेरिकामा टोर्नाड़ो(घुम्रपात)बाट मृत्यु हुनेको संख्या १९

April 13, 2020 1031

गत आइतबार अमेरिकाको दक्षिणपूर्व राज्यहरुमा आएको टोर्नाड़ो(घुम्रपात)बाट मृत्यु हुनेको संख्या १९ पुगेको छ ब। प्रारम्भिक चरणमा ६ जनाको मृत्यु भएको जनाएता पनि उक्त संख्या बढेर १३ पुगेको थियो । सोमबार ११ बजे सम्म हाल १९ जनाको ज्यान गएको खबर सिबिसीले लेखेको छ । घुम्रपाको असरबाट त्यहाका बासिन्दाहरु सोमबार बिहान सम्म छिडी,स्नानगृह तथा कोठरी(क्लोसेट)मा बसी ज्यान जोगाएका थिए ।

मिसिसिप्पीमा मृत्यु हुनेको संख्या ११ पुगेको छ भने जर्जियाको उत्तरपश्चिममा ६ जनाको ज्यान गएको छ । यसै गरि अर्कान्स र साउथ क्यारोलाइनाका घरहरु बाट दुई वटा शव निकालिएको छ ।

पहाडी क्षेत्रमा बाढी आएको कारण भेलले हिलोमाटो बगाएर ल्याएको हुनाले ७ लाख ७५ हजार मानिसहरुका घरमा बिद्युत बिच्छेद भएको छ । करिव १० वटा राज्यमा यसले प्रभाव परेको छ ।

अलाबामाका गभर्नरले मौषमको कारण सामाजिक दुरीलाई रद्ध गरेका छन् ।

प्रतिकृया दिनुहोस्