Thursday, October 29

गुरुले बाइक धुँन लगाउँदा सिपाहीको औँला चेनमा अल्झेर छिन्यो, बने जीवनभरिका लागि अपाङ्ग

June 24, 2020 529

काठमाडौं, असार १० – सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलमा रहेका गुरुबा (प्रशिक्षक) ले व्यक्तिगत मोटरसाइकल धुन लगाउँदा शनिबार बिहान एकजना तालिमे सिपाही जीवनभरिका लागि अपाङ्ग भएका छन् ।प्राप्त जानकारीअनुसार बैतडी जिल्ला घर भएका २२ वर्षीय तालिमे सिपाही जितेन्द्र चन्दलाई प्रशिक्षकले आफ्नो निजी मोटरसाइकल धुन लगाउँदा मोटरसाइकलको चेनमा परेर दाहिने हातको एउटा औंला छिनेको छ ।

औंला छिनेपछि बेहोस भएका चन्दको दिपायल पिपल्लास्थित शैलेश्वरी अस्पतालमा उपचार भइरहेको छ । चन्दको दाहिने हातको औंला छिनालिएका कारण जोड्न नसकिने र जीवनभरिका लागि अपाङ्गसरह भएको उपचारमा संलग्न अस्पतालका चित्किसकहरुले बताएका छन् ।

दाहिने हातको औंला प्रहरीको सलामी दिने तथा फायरिङ गर्नेदेखि अन्य काममा बढी प्रयोग हुने भएकाले औंला काटिएपछि उनलाई भविष्यमा निकै समस्या उत्पन्न हुने प्रहरी अधिकारीहरुले बताएका छन् । उक्त तालिम केन्द्रका प्रशिक्षक तथा अधिकृतको लापरवाही तथा व्यक्तिगत सरसामान तालिमे सिपाहीलाई धुन लगाउने गरेका कारण निज तालिमे प्रहरी जवानको औंला काटिएको आरोप लागेको छ । जनआस्था साप्ताहिकमा खबर छ ।

आफ्नो नाम नछाप्ने सर्तमा तालिम केन्द्रका एक जना प्रहरीले नेपाल प्रहरीको नीति, नियम तथा नियमावलीअनुसार दाहिने हातको औंला काटिएका कारण निज तालिमे सिपाही प्रहरी सलामी दिने कार्यमा अपाङ्गका रुपमा गनिने छन् । ‘जागिर अवधिमै औंला काटिएकाले उनको जागिर कायम रहन्छ तर सलामीदेखि अन्य कुरामा उनलाई समावेश गरिँदैन अपाङ्गसरह गनिन्छन्,’ उनले भने ।

प्रतिकृया दिनुहोस्