Thursday, October 29

चीनसँग जोडिएको जिल्ला भएर पनि को’रोनामुक्त छ रसुवा

June 23, 2020 154

रसुवा ।उत्तरमा छिमेकी देश चीनसँग जोडिएको जिल्ला भएर पनि रसुवा हालसम्म को’रोनामुक्त छ । चीनको वुहान शहरमा कोरोना फैलेपछि जिल्ला प्रशासन कार्यालयले शुरुमै सीमा नाका रसुवागढी ब’न्द गरेको थियो । चीनको हुवेइ प्रान्तको वुहान शहरमा उक्त रोगको संक्रमण फैलिन थालेलगत्तै नेपालको उत्तरी नाका रसुवाबाट आवतजावतमा रो’क, रसुवागढी तथा बेत्रावतीमा हेल्थ डेस्क स्थापना, रो’गको अ’सरसम्बन्धी व्यापक ज’नचेतना, स्थानीय बासिन्दाद्वारा लकडाउनको पूर्ण पा’लना जस्ता कार्यले हालसम्म कोरोना रो’ग नियन्त्रण गर्न सफलता मिलेको जनस्वास्थ्य प्रमुख किरण श्रेष्ठले जानकारी दिए ।

जिल्ला बाहिर र विदेशबाट आएका स्थानीय नागरिकलाई पहिलो चरणमै क्वारेन्टिनमा राखी स्वास्थ्य परीक्षण गराउने, खाद्यान्नलगायत अत्यावश्यक दैनिक उपभोग्यवस्तु बोकेर जिल्ला प्रवेश गर्ने सवारी साधनमा की’टाणुनाशक औ’षधि छ’र्कने जस्ता कामले रसुवा कोरोनाबाट सुरक्षित रहेको चिकित्सकले बताएका छन् ।विदेशबाट आउने स्थानीय नागरिकको संख्या कम रहेको, कुन व्यक्ति कहाँबाट आयो, कहाँकहाँ गयो, कुन कुन मानिससँग भेटघाट भयो भनी निगरानी स’क्रियतापूर्वक जनस्तरबाट निरन्तर भइरहेकाले उपचार तथा परीक्षण अत्यन्तै सजिलो भएको जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अनिलकुमार खरेलले जानकारी दिए ।

केन्द्र तथा प्रदेश सरकारको निर्देशन एवं जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयलाई गाउँपालिकाहरूले अत्यन्तै सक्रिय रूपमा कार्यान्वयन गरिरहेको, राजनीतक दल, जनप्रतिनिधि, सु’रक्षा निकाय, रे’डक्रसलगायत सामाजिक सं’घसंस्थासमेतका नि’कायले राम्रो सहयोगी भूमिका नि’र्वाह गरिरहेकाले हालसम्म कोभिड –१९ नियन्त्रणमा सहजता आएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बताए ।रसुवागढी नाकाबाट समयमै मानिस तथा सवारी साधन आ’वतजावतमा रो’क लगाई सीमा तथा बे’त्रावतीमा हे’ल्थ डेस्क स्थापना गर्नु नै रो’ग नियन्त्रणको ठूलो उपलब्धि भएको प्रजिअ पन्तले बताए ।

उनका अनुसार हालसम्म ५१२ जनाको आरडिटी र २९ जनाको स्वा’व परीक्षण गरिएको, परीक्षणका लागि थप ४९ जनाको स्वाव संकलन भइसकेको र हाल ४२ जना क्वारेन्टिनमा छन् ।सु’रक्षित रहन सरकारले दिएको मा’र्गनिर्देशन एवं स्थानीय बासिन्दाको पूर्वसावधानीका कारण हालसम्म रसुवा सु’रक्षित छ ।

प्रतिकृया दिनुहोस्