Tuesday, October 20

Breaking: नेपालमा आज मंगलबार पनि थप ५३८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १००९९ पुग्यो

June 23, 2020 153

काठमान्डौ , नेपालमा आज मंगलबार पनि थप ५३८ जनामा कोरोना पुष्टि भएको छ। देशका बिभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ५३८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।पछिल्लो २४ घन्टामा गरिएको नमुना परिक्षणमा थप ५३८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रबक्ता प्रा. डा. जागेश्वर गौतमले बताए ।आज पुष्टि भएकाहरु , झापा , मोरङ , तेर्हथुम , सप्तरी , महोत्तरी , अर्घाखाची , बाजुरा , धादीङ , गुल्मी , कैलाली , कन्चनपुर , कास्की , पर्पट , प्युठान , रुपन्देही, सिरहा लगायतका छन ।

आज थपिएका कोरोना संक्रमित सहित नेपालमा कोरोना संक्रमितको संख्या १००९९ पुगेको उनले बताएका छन ।त्यस्तै नेपालमा आज एकै साथ ७६ जनाले कोरोना जितेर घर फर्केका छन् । आज निको भएर घर फर्कनेहरुमा झापा , उदयपुर , मोरङ, रामेछाप , पर्सा , नवलपरासी , बाग्लुंग , स्यान्जा, कास्की , लगायत का छन ।आज डिस्चार्ज हुनेमा ६८ पुरुष र ८ महिला छन्। यीसहित हालसम्म २ हजार २ सय १८ निको भएर घर फर्किएका छन्।

प्रतिकृया दिनुहोस्