Saturday, February 27

चौध दिन क्वारेन्टिन बसेर घर फर्किएका युवकको मृत्यु

June 22, 2020 203

मेलम्ची, ८ असार- बलेफी गाउँपालिका –४ का युवकको मृत्यु भएको छ । चौध दिन क्वारेन्टिन बसेर फर्किएका उनको आज मृत्यु भएको हो । क्वारेन्टिनबाट पिसिआर रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको केही दिनपछि उनको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष केदार क्षेत्रीले जानकारी दिनुभयो । भारतबाट फर्किएका उनलाई पिसिआर रिपोर्ट नेगेटिभ आएपछि केही दिनअघि घर पठाइएको थियो । मृत्युको कारण भने खुलिसकेको छैन ।

प्रतिकृया दिनुहोस्