Tuesday, January 26

Breaking: नेपालमा कोरोनालाई जितेर आज एकै दिन ३७० जना घर फर्किए

June 22, 2020 272

काठमान्डौ , नेपालमा आज एकै दिन थप ३७० जना कोरोना लाई जितेर घर फर्किएका छन । स्वास्थ्य मन्त्रालयद्वारा आयोजना गरिने नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रबक्ता प्रा. डा जागेश्वर गौतमले पछिलो २४ घन्टामा मा ३७० जना निको भएर घर फर्किएको पुष्टि गरेका छन । देशका विभिन्न अस्पतालमा उपचाररत उनिहरु कोरोना लाई जितेर घर फर्किएका हुन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दाङ अस्पतालबाट ६, प्रादेशिक अस्पताल सुर्खेतबाट ६ जना, कालिकोट अस्पतालबाट २८, दैलेख अस्पतालबाट २६५, सल्यान अस्पतालबाट ३७, नारायणीबाट ११ र धादिङ अस्पतालबाट १७ जना डिस्चार्ज भएका छन्।

आज डिस्चार्ज हुने ३२ महिला ३३८ पुरष रहेका छन ।यो संगै नेपालमा कोरोनालाई जितेर घर फर्किनेको संख्या २१४२ जना रहेका छन ।त्यस्तै मन्त्रालयका प्रबक्ता प्रा. डा जागेश्वर गौतमले थप ५३५ जनामा कोरोना पुष्टि भएको बताएका हुन् । आज थपिएका कोरोना संक्रमित सहित नेपालमा कोरोना पुष्टि हुनेको संख्या ९५६१ पुगेको छ । मन्त्रालयका प्रबक्ता गौतमका अनुसार अनुसार रसुवा बाहेक सबै जिल्लामा कोरोना संक्रमण देखिएको छ ।

प्रतिकृया दिनुहोस्