June 22, 2020 183
असार ८, २०७७ अर्घाखाँची : खोला तर्ने क्रममा खोलाले बगाउदा बेपत्ता भएका एक बालक अझै भेटिएका छैनन्। तीन दिन अघि खोलाले बगाएका अर्घाखाँची पाणिनी ४ पटौटी निगाली निवासी सन्तबहादुर नेपालीको १३ वर्षीय छोरा पुजन नेपाली अझै बेपत्ता रहेको अर्घाखाँची प्रहरीले जनाएको छ। घर नजिकैको पटौटीको खहरे जुकेखोलाले बगाएर ती बालक बेपत्ता भएका हुन्। सुस्त मनोस्थितीकी उनकी माईली आमासँगै खोला तरेर बारीमा जान खोज्दा खोलाले बालकलाई बगाएको जिल्ला प्रहरी सुचना अधिकारी प्रकाश खत्रीले बताए। बेपत्ता पुजनको तिनदिन देखी स्थानिय र प्रहरीले खोजिकार्य जारी राखेपनि अझै फेला पार्न नसकिएको खिदिमका प्रहरी प्रमुख कमल रानाले बताए।
प्रतिकृया दिनुहोस्