Wednesday, January 20

घटनास्थलमा पुग्दा देखियो यस्तो भाबबिहिल दृश्य , प्रहरीको अनुसार लाश यस्तो अबस्थामा भेटिएको थियो, हेर्नुहोस घटनास्थल लगाएत छिमेकी संग गरिएको कुराकानी (भिडियोसहित)

June 22, 2020 461

कपिलवस्तुको वाढगंगा माइती भएकी सुस्मिताको वैशाख महिनामा मात्र धुमधामसंग विवाह भएको थियो । भर्खरै वैवाहिक जिवनको रंगिन संसारमा उनी रमाउदै थिइन् । तर त्यो रमाइलो समय विताएको ६ महिना नपुग्दै सुस्मिताले आफ्नो जिवनसाथी गुमाइन् । श्रीमान वितेको पीडा बोकेर बसेकी सुस्मिताको पनि निधन भइसकेको छ । श्रीमान वितेको ६ महिना नहुँदै उनको पनि निधन भयो । उनको ह त्या भएको बताइएको छ । श्रीमानको निधन पछि माइतमा बसेकी सुस्मितालाई घर परिवारका सदस्यले बोलाएर हेटौंडा गएकी थिइन् । त्यहीं उनको निधन भएको हो । उनको शव कोठाभित्र मृत अवस्थामा फेला परेको थियो ।

आमावुवाले त्यो अवस्था समेत हेर्न सक्ने अवस्थाको थिएन । त्यसैले आमावुवालाई तत्कालको दृष्य देखाइएन । घटना भएपछि पनि घर परिवारका सदस्यले खबर गरेका होइनन् । एक जना छिमेकीले तिम्रो छोरीले देहत्याग गरीन् भनेर फोन गरेका थिए । उनलाई त्यो कुरा विश्वास लागेन । उनले आफ्नो छोरीको शव हेर्छु भन्दा पनि हेर्न दिइएन ।

उनलाई छोरीको ह-त्या भएको आशंका गरेकी थिइन् नभन्दै उनले गरेको शंका नै सहि निस्कियो । बुवाले भने छोरीको शव हेर्ने मौका पाए तर हेर्न सक्ने अवस्थाको थिएन । केही स्थानियले पनि सुस्मिताले देहत्याग गरेको होइन भनेर भनेको वुवाले बताएका छन् । स्थानियको कुरा र छोरीको शवको अवस्था हेर्दा नै वुवालाई ह त्या हो भन्ने निश्चयमा पुगे ।

सुस्मिताको श्रीमानको निधन नहुँदासम्म परिवारले त्यस्तो नराम्रो ब्यवहार भने गर्ने गरेका थिएनन् । तर श्रीमानको निधन भएपछि भने तेरो कारणले मेरो दाईको निधन भयो भनेर भन्ने गरेको बताइन् । ज्वाईको निधन भएपछि परिवारको सदस्यले गरेको ब्यवहार पनि आफुले हेर्न सक्ने अवस्थाको थिएन । श्रीमान वितेर किरियामा बसेकी छोरीलाई भेट्न पनि नदिएको र लगिदिएको कपडा पनि लगाउन नदिएको उनले बताइन् । उनले दुखको बेलामा छोरीसंगै बस्न खोज्दा पनि बस्न नदिएको बताइन् ।

सुस्मिताको परिवारका सदस्यले गरेको त्यस्तो ब्यवहारले दु:खी भएकी उनी अहिले छोरीकै ज्यान गएपछि भने त्यो देहत्याग हो भनेर विश्वास गर्न नसक्ने बताइन् । उनले १३ दिनको काम सकेपछि पनि आफुले माइत ल्याउन नदिएर दुख दिएको बताइन् । उनले आफ्नो छोरीलाई यातना दिनकै लागि माइत आउन नदिएको उनको भनाई छ । ४५ दिन पछि पठाउँछौं भनेर भनेको भएपनि ५३ दिनसम्म पनि माइत नपठाएपछि आफुले बुवालाई छोरी लिन पठाएको बताइन् ।

प्रतिकृया दिनुहोस्