Friday, October 23

Breaking: आज पनि थप ५३५ जनालाई कोरोना पुष्टि , संक्रमितको संख्या ९५६१ पुग्यो

June 22, 2020 218

काठमान्डौ , स्वास्थ्य मन्त्रालयले नेपालमा आज थप ५३५ जनामा कोरोना देखिएको पुष्टि गरेको छ । स्वास्थ्य मन्त्रालयद्वारा आयोजना गरिने नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रबक्ता प्रा. डा जागेश्वर गौतमले थप ५३५ जनामा कोरोना पुष्टि भएको बताएका हुन् । आज थपिएका कोरोना संक्रमित सहित नेपालमा कोरोना पुष्टि हुनेको संख्या ९५६१ पुगेको छ । मन्त्रालयका प्रबक्ता गौतमका अनुसार अनुसार रसुवा बाहेक सबै जिल्लामा कोरोना संक्रमण देखिएको छ ।त्यस्तै नेपालमा आज एकै दिन थप ३७० जना कोरोना लाई जितेर घर फर्किएका छन ।

स्वास्थ्य मन्त्रालयद्वारा आयोजना गरिने नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रबक्ता प्रा. डा जागेश्वर गौतमले पछिलो २४ घन्टामा मा ३७० जना निको भएर घर फर्किएको पुष्टि गरेका छन । त्यस्तै नेपालमा कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २३ रहेको छ ।

प्रतिकृया दिनुहोस्