Monday, March 8

डेढ र ३ वर्षका बालकसहित ११ जना कोरोना जितेर घर फर्किए

June 22, 2020 288

वीरगन्ज : वीरगन्जको गण्डकस्थित नारायणी अस्थायी कोभिड अस्पतालमा उपचाररत डेढ र ३ वर्षका २ बालक र उनकी आमासहित ११ जना कोरानालाई जितेर घर फर्किएका छन्। अस्पतालमा उपचाररत रहेका ४३ मध्ये सोमबार ११ जनालाई  सोमबार डिस्चार्ज गरी घर पठाइएको अस्पतालका कोर्डिनेटर डाक्टर उदय नारायण सिंहले जानकारी दिए।
डिस्चार्ज हुनेहरुमाा पर्साको सखुवा प्रसौनी गाँउपालिका- २ गुलरीयाका डेढ र ३ वर्षका २ बालक र उनीहरुकी आमा गरी ३ जना, जगरनाथपुर  गाँउपालिका- ६ का ८ जना पनि डिस्चार्ज भएका हुन्।  त्यसैगरी गुलरीयाका ३ जना आमा छोरा रहेको डाक्टर सिंहले जानकारी दिए ।

भारतबाट फर्किएर गाँउको क्वारेन्टाइनमा बसेका सखुवा प्रसौनी गाँउपालिकाको गुलरीयाका एक महिला र उनका २ छोरामा जेठ २५ गते र जगरनाथपलिकाको ८ जनामा भने जेठ २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो।
संक्रमण पु्ष्टि भएकै दिन उनीहरुलाई वीरगन्जको गण्डकस्थित नारायणी अस्थायी कोभिड अस्पतालमा ल्याएर राखिएको थियो।
कोभिड अस्पतालमा दुई हप्ता राखिएका उनीहरुको पछिल्लो पिसिआर रिपोर्ट नेगेटिभ आएको र स्वास्थ्यमा कुनै समस्या पनि नरहेकाले आठै जनालाई डिस्चार्ज गरेर घर पठाइएको अस्पतालका कोर्डिनेटर सिंहले बताए। अस्पतालमा अब ३२ जना मात्रै संक्रमित उपचाररत छन्।

प्रतिकृया दिनुहोस्