एजेन्सी।अभिनेता सुशान्त सिंह राजपुतको नि’धनले बलिउडमा नेपोटिजम बारे ठूलै बहस हुन थालेको छ। बलिउडमा नेपोटिजमलाई बढावा दिँदै सुशान्तलाई बलिउडबाट हटाउन खोजिएको भन्दै केही निर्देशक, निर्माता, ब्यानर र स्टार किड्स माथि आ’रोप लागेको छ ।
जसमा बलिउडका दबंग खान सलमानको पनि नाम आएको छ । सलमानलाई यो आ’रोप लागेसँगै सुशान्तका समर्थक सलमानको वि’रोधमा उत्रिएका छन् । सामाजिक सञ्जालदेखि सडकमा सुशान्तको न्यायका लागि अपिल भइरहेको छ । यस्तै विरोधका बीच सल मानले सामाजिक सञ्जाल मार्फत् आफ्ना समर्थकलाई सुशान्तको परिवार र प्रशंसकलाई साथ दिन आग्रह गरेका छन् ।
सलमानले ट्विटरमा लेखेका छन्, “सुशान्तका समर्थकले प्रयोग गरेका शब्द र गा’लीलाई बेवास्ता गरी उनीहरुको इमोसनलाई बुझेर उनीहरुको साथ दिन म मेरा दर्शकमा अग्राह गर्न चाहन्छु । आफ्नो मान्छे गुमाउनुको पी’डा एकदमै दु:खदायी हुने भएकाले कृपया सुशान्तका परिवार र दर्शकलाई साथ दिनुहोस् ।”
प्रतिकृया दिनुहोस्