Thursday, October 29

पहिरोले अरुणनदी थुनियो, तीन जिल्लामा जोखिम

June 21, 2020 218

संखुवासभा जिल्लाको मकालु गाँउपालिकाको वडा नं २ र ५ को सिमानामा ५ सय मिटरमाथिबाट पहिरो खस्दा अरुण नदिको केहि भाग थुनिएको छ । आइताबार बिहान करिब साडे ९ बजेतिर गएको पहिरोले नदीमा करीब तीन सय मिटर पानी जमेर ड्याम बनेको संखुवासभाका प्रहरी प्रमुख डिएसपी नवराज मल्लले बताए । पहिरोका कारण उच्च जोखिममा परेका प्रकाश राईको ७ जनाको परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

त्यस्तै जोखिममा परेका घर र गोठ खाली गरेको छ । हिरालाल राईको घर र बिर्खबहादुर राईको गोठ प्रहरीले खाली गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । अहिले ड्याम बनेको स्थानमा प्रहरी टोली पगिसकेको बताईएको छ । अरुण नदी थुनिएपछि संखुवासभा, भोजपूर र धनकुटाका तटिय क्षेत्रका बासिन्दा जोखिममा परेका छन् । तटिय क्षेत्रका बसिन्दालाई सतर्कता साथ रहन स्थानिय प्रशासनले आग्रह गरेको छ ।

पहिरोले अरुण नदि थुनिएपछि तटीय क्षेत्रमा नजान जिल्ला प्रशासन कार्यलय संखुवासभा र धनकुटाले सार्बजनिक सुचना जारी गर्दै सर्तकता अपनाउन आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयको सूचनामा पौडी खेल्न, माछा मार्न र अन्य कार्यमा नदीको टटिय क्षेत्रमा नजान अनुरोध गरिएको छ । पहिरो गएको स्थान संखुवासभा जिल्लाको विकट स्थानमा रहेकाले प्रकृतिक रुपमै खोलिनुको विकल्प नरहेको सुरक्षाकर्मीले बताए ।

प्रतिकृया दिनुहोस्