Monday, November 23

प्रेरित गर्ने भनाइहरु – यदि जीवनलाई साँच्चै नै माया गर्छौ भने, समयलाई महत्व देऊ

June 21, 2020 362

प्रेरक भन्नुको अर्थ के हो ? पक्कै पनि प्रेरक भन्नुको अर्थ यस्ता कुराहरु जसले हाम्रो भावना बुझेको प्रतित हुन्छ । यहाँ त्यस्तै १५ भनाइहरु राखिएको छ जसले हाम्रो भावना बुझ्छ । हाम्रो आदर्शका कुराहरु गर्छन् र हामीलाई केहि ज्ञान दिन्छन् ।

तपाईलाई यी १५ महान् भनाईहरु पढ्दा कस्तो लाग्छ ? कृपया कमेन्टमा भन्नुहोला । मन परेमा तपाईले यसलाई सेयर गर्न पनि सक्नु हुन्छ । हामी सकारात्मक सोचमा यस्तै मन छुने तथा जीवन बदल्ने कुराहरु लेखिरहेका हुन्छौँ ।

६१. अगाडी जाऊ । लड । लडेपछि संसार फरक देखिनेछ ।

६२. तिमी तिमीले जे चाहन्छौ, त्यो बन्दैनौ । तिमीले जेमाथि विश्वास गर्छौ, त्यो बन्छौ ।

६३. तिमी तिम्रो विगत होइनौ । भविष्यको सम्भावना होऊ ।

६४. जहाँ अप्ठ्यारो हुन्छ, अवसर त्यहीं हुन्छ ।

६५. दु:ख अपरिहार्य हो । तर पीडित बनेर बस्नु विकल्प हो ।

६६. म सपना देख्छु । मलाई लाग्छ, मैले गर्ने सबैभन्दा राम्रो काम भनेको त्यही हो ।

६७. आफूलाई बिचरा ठानेर नबस । बेकम्माहरुले मात्र आफूलाई बिचरा ठानेर बस्छन् ।

६८. पैसाले किन्न सकिने कुराहरुमा पैसा खर्च गर । पैसाले किन्न नसकिने कुराहरुमा समय खर्च गर ।

६९. अरुले जुन पुस्तक पढ्छन् , त्यही पुस्तक मात्र पढ्यौ भने अरुले जे सोंच्छन्, त्यही मात्र सोंच्न सक्छौ ।

७०. जीवन पानी जस्तो होइन । जीवनका परिस्थतिहरु एकै लयमा बग्दैनन् ।

७१. तिमीले जे खोजिरहेका छौ, त्यो तिमीले चाहेकै रुपमा तिमी समक्ष आउंदैन ।

७२. सबैभन्दा महत्वपूर्ण कुराहरु हामीले स्कुलमा सिक्दैनौं, जीवनका अनुभवहरुमा सिक्छौं ।

७३. त्यस्तो कुनै युद्ध हुँदैन, जसले अरु सबै युद्धको अन्त्य गरोस् ।

७४. यदि जीवनलाई साँच्चै नै माया गर्छौ भने, समयलाई महत्व देऊ ।

७५. सजिलो जिन्दगीको लागि प्रार्थना नगर, गाह्रो जिन्दगी सहन सक्ने क्षमताको लागी प्रार्थना गर ।

नोट : साथै तपाईहरुलाई हाम्रो प्रेरक जानकारी कस्तो लाग्यो ? यदि हाम्रो यो जानकारीले अरुको जीवनमा पनि परिवर्तन ल्याओस भन्ने चाहनुहुन्छ भने यो लेखलाई शेयर गर्दिनुहोला । तपाइको एक शेयरले थाहा नभएका हरुले ज्ञान पाउनेछन् भने हामीलाई पनि सहयोग मिल्नेछ ।

प्रतिकृया दिनुहोस्