Monday, November 23

अभिनेत्री सोनाक्षी सिन्हाले बिदा लिइन् ट्वीटरबाट

June 21, 2020 130

एजेन्सी – बलिउड चर्चित नायिका सोनाक्षी सिन्हाले अब ट्वीटर नचलाउने घोषणा गरेकी छिन् । आफ्नो इस्टाग्राममा अन्तिम ट्वीट गर्दै सोनाक्षी नकारात्मकताबाट पर रहन र आफ्नो मानसिक स्वास्थ्यलाई ध्यानमा राखेर ट्वीटरबाट बिदा हुने निर्णय गरेको उल्लेख गरेकी छिन् ।

उनले इन्स्टाग्राममा आफ्नो ट्वीटर पोस्टको स्क्रीनसत समेत पोष्ट गर्दै भनेकी छिन् ‘आफ्नो मानसिक स्वास्थ्य र नकारात्मकताबाट पर रहनका लागि मैले पहिलो कदम चालेकी छु । मेरो ट्वीटर एकाउन्ट डिएक्टिभेट गर्दै छु ।’ अलविदा ट्वीटर ।’

प्रतिकृया दिनुहोस्