Saturday, January 23

उपत्यकामा लकडाउन खुकुलो गरे पनि नाकाबाट भित्रिनेको संखया बढ्यो

June 21, 2020 601

काठमाडौं, असार ७ – सरकारले काठमाडौं उपत्यकामा लकडाउन खुकुलो गरी नाकाहरुमा कडाइ गरिएको बताइरहँदा उपत्यका भित्रिनेको संख्या भने बढेको छ। बाहिरी जिल्लाबाट उपत्यकामा आउनेको संख्या बढेपछि त्यसको दबाब प्रहरीलाई परेको छ।

प्रहरीले पास बोकेर आएका बाहेकलाई नाकाबाटै फिर्ता पठाइएको दाबी गर्दै आएको छ। तर नाकाहरुमा अवलोकन गर्दा भने अवस्था बेग्लै छ। शुक्रबार थानकोट नाका क्षेत्र पुग्दा भनसुनका आधारमा उपत्यका छिर्नेको भीड नै देखियो। सरकारले प्रहरीलाई कडाइ गर्न भनेपनि दबाबमा परेर केहीलाई छाड्ने गरिएको नाकामा खटिएका प्रहरीले नै बताए। ‘हामीले सकेसम्म कडाइ गर्छौं तर मन्त्रीकै फोन आउँछ त,अनि के गर्नु,’ महानगरीय प्रहरी वृत्त थानकोटका एक प्रहरीले भने, ‘प्रहरीले चाहेर मात्रै कडाइ हुँदैन।’

प्रहरीले जथाभावी सवारीसाधन र यात्रुलाई उपत्यकामा प्रवेश गर्न दिएपछि यातायातकर्मीले पनि विरोध गरेका छन्। यातायातकर्मी रामबहादुर थापाले महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी भीम ढकालले आफूखुसी सवारीसाधन छाड्ने गरेको बताए। उनले आफू नाकाहरुमा उपस्थित भएर अवलोकन गर्दापनि एसएसपी ढकालले कैयौं यात्रु छाडेको र छाड्न आदेश दिने गरेको दाबी गरेको आजको नागरिक दैनिकमा खवर छ ।

प्रतिकृया दिनुहोस्